जरूरी परिसेवामा खटेकाहरूलाई पेयजल वितरण

सिलगढ़ी: लक डाउन भएपछि सिलगढ़ी शहरका सबैजसो दोकानहरू बन्द गरिएको छ। तथापि मिडिया तथा पुलिसकर्मीहरूले आ-आफ्नो सेवा पुऱ्याइरहेका छन्। तिनीहरूको कतिपय असुविधाहरूलाई ध्यानमा राखेर केही सचेत व्यक्तिहरू अति आवश्यक सेवाहरूको लागि अघि आएका छन्। आज केही सचेत व्यक्तिहरूले कोरोना भाइरसको संक्रमणलाई रोक्ने पहलमा सिलगढ़ी शहरमा लागी परेका मीडियाकर्मी तथा पुलिस कर्मीहरूलाई पानीको बोतल साथै अन्य खाने कुराहरू उपलब्ध गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *