जटेश्वर एडुकेसन सेन्टर-द्वारा असहाय मानिसहरूलाई लुगाफाटा वितरण

अलिपुरद्वार :  जटेश्वर एडुकेसन सेन्टरको तर्फबाट फालाकाटाको प्रमोदनगर लक्ष्मीपुर चियाकमानका लगभग 70 जना आवश्यकमन्द महिला तथा नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। उक्त संस्थाले कम्प्युटर, सिलाई प्रशिक्षण दिने गर्दछ भने यसपल्ट संस्थाको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा तथा माक्स वितरण गरेको बताइएको छ। उक्त संस्थाका छात्राद्वारा बनाइएको नयाँ लुगाफाटा आज चियाकमानको नानीहरूलाई वितरण गरियो। यस अवसरमा सेन्टरका शाजहान तालुकदार लगायत अन्य छात्र-छात्रीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *