जटियाकाली इलाकाको 3 वटा दोकानमा चोरी

राजगञ्ज : फुलबारी संलग्न जटियाकाली इलाकाको 3 वटा दोकानमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत राति जटियाकाली इलाकाको एउटा इलेक्ट्रिक दोकान, भ्याराइटिज स्टोर र एउटा सब्जी दोकानमा चोरी भएको बताइएको छ। उक्त 3 वटा दोकानबाट नगद रुपियाँ सहित लगभग लाखौँ रुपियाँको समानको चोरी भएको ती दोकानका मालिकहरूले बताएका छन्। ती दोकानेहरूको भनाइ अनुसार गत राति दोकान बन्द गरेर तिनीहरू घर गएका थिए भने आज बिहान दोकानमा चोरी भएको थाहा पाए। दोकानभित्र रहेको धेरै सामग्रीहरू चोरी भएको छ। उक्त इलाकामा चोरीको घटना बढ्दै गइरहेकोले व्यवसायीहरूले पुलिस समक्ष सुरक्षा व्यवस्थाको माग गरेका छन्। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *