जटियाकालीमा देवाल भत्काएर पान दोकानमा चोरी

राजगञ्ज : जटियाकालीमा रहेको एउटा पान दोकानको देवाल भत्काएर केही नगद रुपियाँ सहित दोकानमा रहेको सर-समानहरू चोरी भएको छ। दोकान मालिक तफिजुल हकले बताएअनुसार प्रत्येक दिन झैँ हिजो राति 11 बजी तिनी दोकान बन्द गरेर घर गएका थिए भने आज बिहान तिनी दोकान खोल्न जाँदा दोकानको देवालको केही अंश भत्काएर दोकानबाट नगद राशि सहित सर-समानहरू चोरी गरेर लगेको थाहा पाए।


लगभग 1 वर्ष अघि पनि दोकानमा यस्तै प्रकारले चोरी भएको तिनले बताए। उक्त घटनापछि स्थानीय व्यवसायी लगायत स्थानीय मानिसहरूले इलाकामा पुलिसको नजरदारीको माग गरे। घटनाको जाँच शुरू गरेको एनजेपी थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.