जटियाकाली संलग्न राधारबारी इलाकाको रासन दोकानमा चोरी

राजगञ्ज : जटियाकाली संलग्न राधारबारी इलाकाको एउटा रासन दोकानमा नगद रुपियाँ सहित लगभग 50 हजार रुपियाँको सर-समान चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत हप्ताको शुक्रबार राति जटियाकाली इलाकामा 3 वटा दोकानमा चोरी भएको थियो भने यसको केही दिनपछि  हिजो फेरि जटियाकाली संलग्न राधारबारी इलाकाको दोकानमा चोरी हुँदा व्यवसायी लगायत इलाकावासीहरू आतङ्कित छन्। घटनापछि व्यवसायी तथा स्थानीय मानिसहरूले इलाकामा पुलिस गश्तीको माग गरेका छन्। अर्कोतिर, रासन दोकानका मालिकले बताएअनुसार आज बिहान तिनी दोकान खोल्न आउँदा दोकानको देवाल भत्केको साथै फलामको गेट खुल्लै रहेको थियो। यसपछि तिनले दोकानभित्र पसेर हेर्दा दोकानभित्रको धेरैजसो समानहरू चोरी भएको साथै नगद 10 हजार रुपियाँ मिलाएर मोठ 50 हजार रुपियाँको चोरी भएको तिनले बताए।  एनजेपी पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *