जौबारीमा खेल मैदान निर्माण कार्य शुरू

सुकेपोखरी: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले गत केही महिना अघि सुके-मानेभञ्ज्याङ समष्टि भ्रमण अवधि राङभाङ बस्ती अन्तर्गत जौबारीमा खेल मैदान निर्माण गरिदिने वचन दिएका थिए। उक्त वचनलाई पूरा गर्दै आज  समष्टि सभापति फुर्तेम्बा भोटियाको विशेष उपस्थितिमा पूजा अर्चना गरेर खेल मैदान निर्माण कार्यको शुरूवात् गरियो। समष्टिको तर्फबाट गोरामुमो दार्जीलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डप्रति आभार प्रकट गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *