जयन्ती जङ्गलमा हात्तीको हमलामा वनकर्मीको मृत्यु

कालचिनी : कालचिनी ब्लकको जयन्ती जङ्गलमा हात्तीको हमलामा एकजना वनकर्मीको मृत्यु भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। मृतक वनकर्मीको नाम अब्दुल कयाम मियाँ बताइएको छ। प्राप्त जानकारी अनुसार मृतक वनकर्मी कार्तिका चियाकमान निवासी थिए भने बक्सा व्याघ्र प्रकल्पको जयन्तीमा कार्यरत थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान तिनी जयन्ती जङ्गलमा ड्युटीमा गएको समय एउटा हात्तीले तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibombets10casibomonwin