जयगाउँमा नशालु ट्याबलेट र कफ सिरपसहित 3 जना पक्राउ

अलिपुरद्वार : भुटानमा तस्करी गर्न अगावै जयगाउँ थाना पुलिसले यहाँको तोर्षा इलाकाबाट धेरै मात्रामा कफ सिरप र नशालु ट्याबलेटसहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना व्यक्तिलाई आज अलिपुरद्वार अदालतमा पेश गरियो। जयगाउँ थाना सूत्रले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा पुलिसले हिजो राति भुटानको सीमावर्ती जयगाउँ तोर्षा इलाकामा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 50 बोतल कफ सिरप र धेरै मात्रामा नशालु ट्याबलेट उद्धार गरेको छ। यसको साथै 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। जफत गरेको कफ सिरप र नशालु ट्याबलेट भुटानमा तस्करी गर्ने उद्देश्यले लगिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *