जेडीयु-ले सिलगढी नगरनिगमको सबै वार्डमा चुनाउ लड्ने

सिलगढी : आउँदो सिलगढी नगरनिगमको चुनाउमा यहाँको 47 वटा वार्डमा एक्लै चुनाउ लड्ने जनता दल युनाईटेड दार्जिलिङ जिल्ला कमिटीले निर्णय लिएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर दार्जिलिङ जिल्ला अध्यक्ष भुषण कुमार फनीले यसबारे जानकारी दिँदै सिलगढी नगरनिगमको 47 वटा वार्डमा तिनीहरूले पदयात्राको आयोजना गर्ने बताए। सिलगढी सहरलाई जाम मुक्त गर्ने, नशा मुक्त गर्ने लगायत विविध मागहरू लिएर प्रत्येक वार्डमा उक्त कमिटीले पदयात्राको आयोजना गर्ने साथै सहरलाई नशा मुक्त गर्ने उद्देश्य लिएर उक्त कमिटीले केही पदक्षेप ग्रहण गर्ने तिनले बताए। यसबाहेक सीएएबारे उक्त कमिटीले आफ्नो मन्तव्य व्यक्त गरे। सीपीएम एवम् तृणमूल कांग्रेसले भोटको राजनीतिको कारण सीएएको विरोध गरिरहेको तिनले बताए। जनता दल युनाईटेड दार्जिलिङ जिल्ला कमिटीले विगत 2014-को नगरनिगम चुनाउमा पनि आफ्नो प्रार्थी खडा गरेको साथै यसपल्ट पनि 47 वटा वार्डमा एक्लै चुनाउ लड्ने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *