जेडीयु-ले सुम्पियो सिलगढ़ी महकुमा शासकलाई ज्ञापन

सिलगढ़ी: दार्जिलिङ जिल्ला जनता दल युनाइटेड (जेडीयू)को तर्फबाट आज सीएए-को समर्थन गर्दै विभिन्न मागहरूलाई लिएर सिलगढ़ी महकुमा शासकलाई भेटेर एउटा ज्ञापन सुम्पियो। दार्जिलिङ जिल्ला जनता दल युनाइटेडको तर्फबाट आज मल्लागढ़ीस्थित मोटर स्टयाण्ड नजिक एउटा सभाको पनि आयोजना गऱ्यो। उक्त सभामा जनता दल युनाइटेडका दार्जिलिङ जिल्ला अध्यक्ष भूषण सोनीले उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै सीएए-लाई लिएर राज्यमा गलत प्रचार गर्नको साथै मानिसहरूलाई दिग्भ्रमित पारिरहेको बताए। वास्तवमा सीएए मानिसहरूको सुरक्षाको लागि रहेको अनि यसले कुनै समस्या नहुने तिनले दावी गरे। सभापछि जनता दल युनाइटेडले 12 सूत्री मागलाई लिएर सिलगढ़ी महकुमा शासकलाई ज्ञापन सुम्पिए। आजको कार्यक्रममा राज्य अध्यक्ष अशोक दास, जलपाईगढ़ी जिल्ला अध्यक्ष नयन विश्वास, सचिव स्वपन दास आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *