जेईई मेन-को परीक्षा शान्तिपूर्ण ढङ्गमा सम्पन्न

सिलगढी : नेशनल टेस्टिङ एजेन्सीको जेईई मेन-को परीक्षा दिनको लागि उत्तर बंगालको विभिन्न जिल्लाहरूबाट परीक्षार्थीहरू सिलगढी आएका थिए। मालदा, माथाभाङ्गा, किशनगञ्ज र बालुरघाटबाट सयौँ परीक्षार्थी सिलगढीको परीक्षा केन्द्रहरू परीक्षा दिन आइपुगे। कोरोना महामारीले गर्दा लोकल ट्रेन बन्द रहेकोले गर्दा परीक्षार्थी लगायत अभिभावकहरूलाई निक्कै समस्याको सामना गर्न पर्यो।  केही परीक्षार्थीहरू हिजो राति नै सिलगढी आइपुगे तापनि राति होटल नपाएपछि तिनीहरूले धेरै असुविधा झेल्न परेको बताइएको छ। केही परीक्षार्थीहरू परीक्षा केन्द्र बाहिर नै थिए। कोरोनाको सबै नियमहरू पालन गर्दै परीक्षार्थीहरूलाई परीक्षा केन्द्रहरूमा प्रवेश गराइयो। सबै परीक्षार्थीहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने लगायत परीक्षा केन्द्रहरूमा सामाजिक दूरी पालन गर्ने विषयमा पनि विशेष ध्यान दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *