जेत्सेन डोमा लामाको निम्ति भोटको अपिल गर्दै तिनका पिता कालेबुङमा

कालेबुङ: सारेगामापा लिटल च्याम्प- गीति कार्यक्रम प्रतियोगितामा टप  10-मा पुग्न सफल सिक्किमकी प्रतिभावान गायिका नानी जेत्सेन डोमा लामाको निम्ति भोटको अपिल गर्दै तिनका पिता रोसन लामा आज कालेबुङ आइपुगेका छन्।


तिनलाई कालेबुङ डम्बर चोकमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिगण लगायत अन्यले खादा लगाएर स्वागत जनाए। यस अवसरमा नानी जेत्सेन डोमा लामाको निम्ति भोटको अपिल गर्दै मिस कल गरेर भोट गरिदिने पिता रोसन लामाले सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *