ज्वेलरी शपबाट सुनको चेन लिएर चम्पट कस्ने व्यक्ति पक्राउ

सिलगढी : सिलगढीको एउटा ज्वेलरी शपबाट सुनको चेन लिएर चम्पट कस्ने आरोपीलाई अन्ततः 3 दिनपछि पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति शिवम मल्लिकको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी शिवम मल्लिक हिजो उक्त सुनको चेन बिक्री गर्नको लागि खुदीरामपल्ली इलाकामा पुगेको सिलगढी थाना पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर पुलिसले तिनलाई पक्राउ गरेको बताइएको छ। उल्लेखनीय छ, गत 25 जुलाईको साँझ शिवम मल्लिक आफ्नी स्वास्नी प्रियङ्का शर्मा मल्लिकसित हिलकार्ट रोड स्थित एउटा सुन दोकानमा ग्राहक बनेर गएपछि स्वर्ण व्यवसायीलाई आफ्नो कुरामा भुलाएर नकली सुनको चेन राखेर असली सुनको चेन लिएर चम्पट कसेका थिए। तथापि, शप किपरले तिनको स्वास्नी प्रियङ्का शर्मा मल्लिकलाई पक्रेर पुलिसलाई सुम्पिदिएको थियो। यसपछि पुलिसले शिवमको खोजी शुरू गरेपछि अन्ततः 3 दिनपछि पुलिसले तिनलाई खुदीरामपल्ली इलाकाबाट पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले सुनको चेन पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes