झापा 11-लाई पराजित गरेर युनाइटेड ब्रदर्स कालेबुङ सेमिफाइनलमा प्रवेश

मङपु : मङपु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यहाँको जनमैदानमा आज खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा झापा 11-लाई 3-0 गोलले पराजित गरेर युनाइटेड ब्रदर्स कालेबुङ टोली सेमिफाइनलमा प्रवेश गरेको छ। खेल शुरू भएको 11 मिनटमा युनाइटेड ब्रदर्स कालेबुङको पक्षमा जर्सी नम्बर 10 देवाशीष राईले विपक्षी नेटमा गोल गर्न सफल भए। दोस्रो हाफमा लगातार रूपमा युनाइटेड ब्रदर्स कालेबुङले दुई गोल गरेर आफ्नो दललाई शून्यको विरुद्ध तीन गोल गरेर सेमिफाइनलमा प्रवेश गरेको छ।


प्रतियोगिताको दुईवटा सेमिफाइनल आगामी 25 र 26 नोभेम्बरको दिन खेलाइनेछ भने फाइनल खेला 28 नोभेम्बरको दिन हुनेछ। उक्त टुर्नामेन्टमा विजयी हुने टोलीलाई ट्रफीको साथमा 2 लाख रुपियाँ अनि उपविजेता टोलीलाई ट्रफीसहित 1 लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा विभोर सिङ्देनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *