झ्याङतेर थार्पा छोइलिङ गुम्बामा ध्यान कार्यक्रम सम्पन्न

सुकेपोखरी  : झ्याङतेर थार्पा छोइलिङ गुम्बा पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ थिङ गाउँको तत्वाधानमा ध्यान विषयलाई लिएर एउटा कार्यक्रम सम्पन्न गरियो। गुम्बा सञ्चालन समिति सचिव अलुङ तामाङले विगत केही समयदेखि अनलाइनको माध्यमद्वारा ध्यान बारे कार्यक्रम गर्दै आएको बताए। तिनले बताए अनुसार श्रद्धालुहरूको विशेष अनुरोधलाई केन्द्र गरेर परमपूज्य खे रिम्पोछे झाम्पा फुर्बा दोर्जे स्वयम् उपस्थित रहेर हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई ध्यान के हो, किन अनि कसरी गरिन्छ साथै ध्यानबाट के-कस्ता फाइदा प्राप्त गर्न सकिन्छ भन्नेबारे प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *