जोन बारला र सौमित्र खाँ विरुद्ध जलपाईगढी कोतवाली थानामा अभियोग दर्ता

जलपाईगढी : सांसद जोन बारला र सौमित्र खाँ-ले बङ्गाललाई विभाजन गर्ने षड्यन्त्र रचिरहेको आरोपमा जलपाईगढी सहरको ब्लक तृणमूल छात्र परिषदले आज जलपाईगढी कोतवाली थानामा एउटा अभियोग दर्ता गरेको छ।  जलपाईगढी सहरको ब्लक तृणमूल छात्र परिषद अध्यक्ष शुभब्रत चक्रवर्तीले बताएअनुसार भाजपाले राज्यलाई विभाजन गर्ने प्रयास गरिरहेको छ। सांसद जोन बारला र सौमित्र खाँ-ले बङ्गाललाई विभाजन गर्ने मुद्दा उठाएर राज्य अशान्ति फैलाउने प्रयास गरिरहेकोले तिनीहरूविरुद्ध जलपाईगढी कोतवाली थानामा अभियोग दर्ता गरिएको तिनले बताए। तिनले प्रशासनसमक्ष उचित कार्वाही गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *