झुण्डिरहेको अवस्थामा वृद्धको शव उद्धार

सिलगढी : मतिगढा ग्राम पञ्चायतको पतिराम जोत इलाकाको राना कोलनी इलाकामा एकजना वृद्धको शव उद्धार गरेको छ। मृतक 70 वर्षीय प्रियनाथ बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले घाटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा प्रियनाथ बर्मनलाई देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मतिगढा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *