झुण्डिरहेको अवस्थामा व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत पर्ने क्वार्टर मोड़मा आज एकजना व्यक्तिको झुण्डिरहेको अवस्थामा शव उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले घाँटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा उक्त व्यक्तिको शव देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *