झुन्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : एनजेपीको अम्बिकानगर घाटपाडा इलाकाको एउटा खाली क्वार्टरबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम गणेश विश्वास (28) बताइएको छ। तिनी अम्बिकानगर घाटपाडा इलाका निवासी थिए। प्राप्त जानकारी स्थानीय मानिसहरूले आज बिहान झुन्डिएको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *