झुन्डिएको अवस्थामा 85 वर्षीय वृद्धाको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायतको कइमारी गाउँमा आज बिहान झुन्डिएको अवस्थामा 85 वर्षीय वृद्धा पन्तेश्वरी पालको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा वृद्धाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईजढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। गत धेरै वर्ष अघिदेखि उक्त वृद्धा श्वास सम्बन्धि रोगले ग्रसित थिइन् भने मानसिक तनाउले गर्दा तिनले आत्महत्या गरेको हुन सक्ने परिवारका सदस्यहरूको भनाइ रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *