झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : मतिगढा थाना अन्तर्गत फाँसीदेवा मोड इलाकामा झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले मेडिकलगामी ओभरब्रिज नजिक रहेको चियाकमानको रुखमा झुन्डिएको अवस्थामा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *