झुन्डिएको अवस्थामा बीएसएफ-का जवानको शव उद्धार

सिलगढी : मानसिक तनाउले गर्दा छुट्टीमा आएका एकजना बीएसएफ-का जवानले  आफ्नो दिदीको घरमा घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढीको 46 नम्बर वार्डस्थित चम्पासरीमा घटेको हो। मृतक बीएसएफ जवान नगरकट्टा निवासी 35 वर्षीय कृष्णा सैलालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कृष्णा सैलाल गत एक हप्तादेखि आफ्नो दिदीको घरमा थिए भने आज बिहान दिदी दोकान गएको समय तिनले बाथरूममा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। कृष्णाको दिदीको छोराले घाटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा कृष्णालाई देखेपछि घटनाबारे आफ्नी आमालाई खबर दिए। कृष्णाको दिदीले घटनाबारे वार्ड पार्षद दिलीप बर्मन तथा प्रधान नगर थाना पुलिसलाई खबर दिएपछि वार्ड पार्षद दिलीप बर्मन घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *