झुन्डिएको अवस्थामा लोग्ने स्वास्नीको शव उद्धार

राजगञ्ज (निसं): राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको सेल्टारबारीमा झुन्डिएको अवस्थामा लोग्ने-स्वास्नीको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। मृतक लोग्ने स्वास्नीको नाम रमेश महतो (25) र काकली विश्वास (22) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार लगभग डेढ वर्षअघि रमेश र काकलीले प्रेम विवाह गरेको थियो। रमेश भुटकीहाट बजारमा एउटा लुगा दोकानमा काम गर्दथे। हिजो साँझ रमेश छिमेकीको बिहे घरमा जानको लागि तयार भएपछि स्वास्नीलाई पनि तयार हुनु भनेर तिनी गिफ्ट लिनको लागि बजार गएका थिए। रमेश बजारबाट घर फर्किआउँदा दैलो भित्रबाट बन्द रहेको देखे। यसपछि रमेश र तिनको दाजुले दैलो भत्काएर हेर्दा झुन्डिरहेको अवस्थामा स्वास्नीलाई देखेपछि तत्कालै उद्धार गरेर अस्पताल लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। स्वास्नीको मृत्युपछि रमेश स्तब्ध बनेका थिए। आज बिहान परिवारका सदस्यहरूले घर नजिकै चियाकमानबाट झुन्डिएको अवस्थामा रमेशको शव उद्धार गरेको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। लोग्ने-स्वास्नीको मृत्युले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes