झुन्डिएको अवस्थामा नाबालिकाको शव उद्धार

सिलगढी : डाबग्राम फुलबारी विधानसभा अन्तर्गत पूर्व हातियाडाङ्गा इलाकामा झुन्डिएको अवस्थामा नाबालिकाको शव उद्धार भएको छ। मृतक नाबालिका हातियाडाङ्गा प्राइमेरी स्कुलको पाँचौँ श्रेणीको छात्रा 11 वर्षीय सोनाली रायको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सोनालीको बाबा-आमा दैनिक मजदुर हुन्। प्रतिदिन झैँ आज बिहान तिनीहरू काममा गएका थिए भने घरमा सोनाली र तिनको भाइ मात्र थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार बाबा-आमा काममा गएपछि सोनाली बाजेको घरमा गएकी थिइन् भने त्यहाँबाट घर फर्किआइन्। यसपछि घर भित्र झुन्डिएको अवस्थामा सोनालीको शव उद्धार भएको बताइएको छ। के-कारणले गर्दा उक्त नाबालिकाले आत्महत्या गर्यो भन्ने विषयमा थाहा लागेको छैन। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *