झुन्डिएको अवस्थामा प्रेमी जोड़ीको शव उद्धार

राजगञ्ज: राजगञ्ज विधानसभा केन्द्रको झाकुआपाडामा विवाहित प्रेमी जोड़ीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक झाकुआपाड़ा निवासी निर्मल राय र  शिकारपुर ग्राम पञ्चायतको पातिलाभाषा निवासी जयश्री रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मृतक युवकको स्वास्नी रहेको छ भने मृतक महिलाको पनि लोग्ने रहेको छ। मृतक दुईमाझ प्रेम सम्बन्ध रहेकोले गर्दा नै तिनीहरूले आत्महत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। बारोपाटिया ग्राम पञ्चायतको झाकुआपाड़ा इलाकामा स्थानीय मानिसहरूले आज बिहान ती दुईजनाको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर दुवै शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *