झुन्डिएको अवस्थामा युवाको शव उद्धार

जलपाईगढी : जलपाईगढी सदर ब्लक अन्तर्गत पर्ने खरिया ग्राम पञ्चायतको नमानजी पाड़ा इलाकाको बाँसघारीमा एकजना युवाको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले इलाकाको बाँसघारीमा उक्त युवाको झुन्डिरहेको अवस्थामा शव देखेपछि तिनका परिवारका सदस्यहरूलाई खबर दिए। यसपछि जलपाईगढी कोतवाली पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *