झुन्डिएको अवस्थामा युवतीको शव उद्धार

नक्सलबारी: नक्सलबारी थानाको दयाराम जोतमा एकजना युवतीको शव झुन्डिएको अवस्थामा उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले उक्त युवतीलाई झुन्डिएको अवस्थामा देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *