झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : फाँसीदेवाको भक्तिनगर इलाकामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति भक्तिनगर इलाका निवासी 50 वर्षीय सुनील सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घर नजिकैको एउटा रुखमा झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *