जिल्ला अस्पतालको पुलिस क्याम्पको नयाँ रूमको उद्घाटन

सिलगढी : सिलगढी जिल्ला अस्पतालमा आज रोगी कल्याण समितिका चेयरम्यान डा. रुद्रनाथ भट्टाचार्यले पुलिस क्याम्पमा बनिएको नयाँ रूमको विधिवत् रूपमा उद्घाटन गरे। 3 लाख 78 हजार रुपियाँको लागतमा उक्त रूमको निर्माण गरिएको बताइएको छ। डा. रुद्रनाथ भट्टाचार्यले बताएअनुसार जिल्ला अस्पतालमा पुलिस क्याम्पको रूम जर्जर अवस्थामा रहेकोले गर्दा यसलाई नयाँ प्रकारले निर्माण गर्नको लागि टेन्डर पास भएको थियो। यस पुलिस क्याम्पमा रोगी एवम् तिनका परिवारका सदस्यहरूको सुरक्षाको लागि पाँचजना कन्स्टेबल र एकजना अधिकारी उपलब्ध रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *