जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता मङ्पूमा शुरू

मङ्पू: सरस्वती विद्यालयको कौस्तुब जयन्तीको अवसरमा मङपु जनमैदानमा आज 12 सेप्टेम्बरदेखि जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरू भएको छ। विद्यालयका प्राध्यापिका चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न भएको पहिलो उद्घाटन खेल कुमदिनी होम्स बनाम घुम बोइज स्कुलमाझ भिडन्त भयो। खेलको आरम्भमा जीटीए खेल विभागका सभासद नवराज छेत्रीले विद्यालयले 75 वर्ष पुगेको अवसरमा 75 वटा ब्यालुन उडाए भने विशिष्ट अतिथि भूतपुर्व खेलाडी भास्कार थापाले बल किकअफ् गरेर खेलको आरम्भ  गरे।


विद्यालयको प्राध्यपिका चन्द्रकला राईको बाहुलीबाट आजको प्रमुख अतिथि अनि विशिष्ट अतिथिलाई स्मृति चिन्ह प्रदान गरियो। आजको उद्घाटन खेलमा घुम बोइजलाई पराजित गरेर कुमदिनी होम्स कालेबुङ अघिल्लो चरणमा प्रवेश गरेको छ। भोली 13 सेप्टेम्बरको प्रथम खेल ज्ञानपीठ बनाम सन्तरोबर्ट दार्जिलिङ अनि दोस्रो खेल लामा हट्टा बनाम सरस्वती विद्यालय माझ सम्पन्न हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 18 सेप्टेम्बरको दिन खेलाइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *