जिल्लाको नयाँ को-अर्डिनेटरले गरे जलपाईगढीमा बैठक

राजगञ्ज : जलपाईगढी जिल्लाको तृणमूल को-अडिनेटरको दायित्व अलोक दासलाई सुम्पेको छ। को-अडिनेटरको दायित्व सम्हालेपछि तिनी आज जलपाईगढी आइपुगेर जलपाईगढी जिल्लाका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायसित एउटा बैठक गरे। उक्त बैठकमा तृणमूल कांग्रेसका राजगञ्ज ब्लकका चेयरम्यान मुशरफ हुसेन, ब्लक अध्यक्ष लक्ष्यमोहन रायलगायत अन्य नेताहरू उपस्थित थिए। अलोक दासले बताएअनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 2021-को विधानसभा चुनाउसम्म जलपाईगढी जिल्लाको सांगठनिक मामिलाहरूको हेरचाह गर्ने आफूलाई जिम्मेवारी दिएको छ। यसैले तिनी आज पार्टीका सबै स्तरका नेताहरूसित भेट गर्नको लागि जलपाईगढी आएका थिए। तृणमूल नेतृत्वगण एवम् तृणमूलको सबै शाखाका नेतृत्वसित भेट गरेर आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर संगठनलाई अझ दह्रिलो बनाउनु पार्टीको मुख्य लक्ष्य रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *