जिल्ला महिला फुटबल टुर्नामेन्ट : हिमालयन एफसी फाइनलमा प्रवेश

खरसाङ (निसं): खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको दोस्रो सेमिफाइनल म्याच आज स्थानीय चानमारी मैदान खरसाङमा हिमालयन एफसी बनाम वुमन्स एफसी, मिरिकमाझ भिडन्त भयो। आजको खेलमा हिमालयन एफसी-ले वुमन्स एफसी मिरिकलाई 0 गोलको विरुद्ध 7 गोल गरेर फाइनलमा प्रवेश गऱ्यो। आजको म्याचमा उत्कृष्ट प्रदर्शन गर्ने हिमालयन एफसी-का खेलाडी पण्डिमित लेप्चालाई ‘प्लेयर अफ् द म्याच’ चयन गरेर विशिष्ट अतिथि मोहन योञ्जनको बाहुलीबाट पारितोषिक प्रदान गरियो। त्यसरी नै खेलमा अंश ग्रहणको निम्ति वुमन्स एफसी मिरिक दललाई सुबेदार एसके सलिमको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो।


 

आजको खेलमा मुख्य निर्णायकको रूपमा प्रतिक गुरुङ, सहायक निर्णायक प्रमोद प्रधान, सुरेन गुरुङ, फोर्थ अफिसियलमा दावा डोमा भोटिया र अर्बिन्द छेत्री रहेका थिए। आगामी 7 जनवरीको दिन हुने फाइनल खेल आरभीके फुटबल अकादमी डुवर्स बनाम हिमालयन एफसीमाझ भिडन्त हुने भएको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङकी डेपुटी म्याजिस्ट्रेट लाडेन लेप्चा, जीटीए खेलकूद अनि युवा मामिला एमओडी सभासद नवराज छेत्री, विशिष्ट अतिथिमा अनिता कुमारी, अञ्जली मुण्डा, लगायत पञ्चायत समिति सदस्य मौसम तामङ, केजीएचएसए-का अध्यक्ष मोहन योञ्जन, सुबेदार एसके सलिम उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *