जिल्लापाल एस पन्नमबलमलाई हाम्रो पार्टीका शिर्ष नेतृत्वहरूले दिए शुभेच्छा सहित विदाई

दार्जिलिङ (निसं) : दार्जिलिङका जिल्लापाल एस. पन्नमबलमलाई हाम्रो पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्सको नेतृत्वमा निर्वाचित सभासदहरूले आज भेट गरेर शुभेच्छा सहित विदाई दिए। स्मरण रहोस, जिल्लापाल एस. पूनमबालम सहित राज्यको कतिपय उच्च पदाधिकारीहरूको सम्बन्धित विभागले स्थानन्तर गर्ने अधिसूचना जारी गरेपछि आज हाम्रो पार्टीका निर्वाचित सभासदहरूले तिनको कार्यालयमा पुगेर तिनलाई खदा लगाइदिएर शुभेच्छा सहित विदाई दिए।


एस पन्नमबलमको कार्यकालमा दार्जिलिङमा सम्पन्न चुनाउहरू शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको थियो। चुनाउ अवधि होस् अथवा अन्य दिनहरूमा पनि दार्जिलिङमा कुनै प्रकारको अप्रिय घटनाहरू नघटेको बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, उपाध्यक्ष रोबर्ट छेत्री, जितेन राई, सन्नी बम्जन, प्रतीम सुब्बा, रोशन लामा आदिले जिल्लापाल एस पन्नमबलमलाई उत्तरोत्तर प्रगति सहित सुस्वास्थ्यको कामना गर्दै विदाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *