जिल्ला प्रशासन लोकसभा चुनाउ सम्पन्न गराउन पूर्ण रूपमा तयार छ: कुचबिहार जिल्लाशासक

कुचबिहार (निसं): राज्य चुनाउ आयोगले लोकसभा चुनाउको मिति घोषणा गरेपछि आज जिल्ला शासक अरविन्द कुमार मीणाले कुचबिहार जिल्लाशासक कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, कुचबिहार जिल्ला प्रशासन लोकसभा चुनाउ सम्पन्न गराउनको लागि पूर्ण रूपमा तयार रहेको छ। केन्द्रीय चुनाउ आयोगको निर्देशानुसार कुचबिहार जिल्लामा चुनाउ नियमहरूको पालन गरिनेछ। कुचबिहार जिल्लामा मोठ मतदाताको संख्या 24 लाख 49 हजार 383 रहेको छ। सिनियर सिटीजनहरूको लागि घरबाट मतदान गर्ने व्यवस्था रहेकोले गर्दा यदि तिनीहरूले आवेदन गरेको खण्डमा घरबाटै मतदान गर्ने व्यवस्था गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *