जिल्ला पुस्तक मेलाबारे कालियागञ्जमा सभा

कालियागञ्ज : कालियागञ्जको पूर्णाङ्ग कमिटीले जिल्ला पुस्तक मेलालाई लिएर एउटा सभाको आयोजना गर्यो। उक्त सभा पुस्तक मेला कमिटीका संयुक्त सचिव केया चौधरी तथा कार्तिक पालको नेतृत्वमा कालियागञ्ज नगर भवनमा सम्पन्न भयो। आगामी 1 मार्चदेखि कालियागञ्जको पार्वती सुन्दरी हाई स्कुल मैदानमा उत्तर दिनाजपुर जिल्ला पुस्तक मेलाको आयोजना गरिने भएको छ। उक्त पुस्तक मेलाको परिवहन मन्त्री शुभेन्दु अधिकारीले उद्घाटन गर्ने भएका छन्। यस पुस्तक मेलालाई सटीक ढङ्गमा आयोजित गर्ने उद्देश्य लिएर कमिटीले आज एउटा सभा गरेर कमिटीको अधीनमा 11 वटा उप-समितिको गठन गरियो। आजको सभामा जिल्ला परिषद्का को-मेन्टर असीम घोष, रायगञ्ज केन्द्रीय समवाय ब्याङ्कका चेयरम्यान तिलक चौधरी, उप नगर प्रधान बसन्त राय, स्वपन सरकार, निमाई वैश्यलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *