जिल्ला सभानेत्रीको दायित्व सम्हालेको 1 वर्ष पुगेकोमा केक काटेर खुसी मनाइन् पापिया घोषले

सिलगढी : तृणमूल कङ्ग्रेसको जिल्ला सभानेत्री पापिया घोषले गत 1 वर्षदेखि आफ्नो कार्यभार सम्हालिरहेकी छन्। तृणमूल कङ्ग्रेसको जिल्ला सभानेत्रीको रूपमा पदभार सम्हालेको आज 1 वर्ष पुगेको अवसरमा तिनले पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा केक काटेर खुसी मनाए। यस अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरूले तिनलाई फुलको गुच्छा प्रदान गरेर शुभेच्छा जनाए। तिनलाई बधाई दिनको लागि आज बिहानैदेखि पार्टीका कार्यकर्ता तथा समर्थकहरूको घुइँचो लागेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *