जिल्ला सभानेत्री पापिया घोषले सिलगढीको विभिन्न बुथहरूको गरिन् परिभ्रमण

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोषले आज बिहानैदेखि सिलगढी नगरनिगमको धेरैवटा वार्डमा रहेको बुथहरूको परिभ्रमण गरिन्। तिनले सिलगढी नगरनिगमको 8 नम्बर वार्डका तृणमूल प्रार्थी खुसबु मित्तलसित भेट गरिन्। यसपछि सिलगढीको अन्य वार्डहरूको पनि तिनले परिभ्रमण गरिन्। यस अवसरमा पापिया घोषले भनिन्, सिलगढीवासीले निक्कै उत्साहको साथमा मतदान गरिरहेका छन् भने सहरवासीले यसपल्ट साँच्चै नै परिवर्तन चाहेका छन्। माकपा, कङ्ग्रेस र भाजपा सबैले मिलेर तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीलाई रोक्न चाहे तापनि यसपल्टको सिलगढी नगरनिगम चुनाउमा तृणमूलको विजय हुने तिनले दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *