जिल्लाशासकसहित अन्य शीर्ष अधिकारीहरूद्वारा सिलगढीको विभिन्न बुथहरूको निरीक्षण

सिलगढी : सिलगढी सहरको संवेदनशील तथा अधिक मतदाता रहेको मतदान केन्द्रहरूको जिल्लाशासक तथा पुलिस कमिश्नरले आज परिभ्रमण गरे। दार्जिलिङ जिल्लामा आगामी 17 अप्रेलमा विधानसभा चुनाउको पाँचौँ चरणको मतदान हुने भएकोले गर्दा आज जिल्लाशासक तथा पुलिस कमिश्नरले मतदान केन्द्रहरूको सुरक्षा व्यवस्थाको निरीक्षण गरेको बताइएको छ। यसको साथै अधिक मतदाता रहेको मतदान केन्द्रहरूमा धेरैवटा बुथहरू रहने भएकोले त्यहाँ मतदाताहरूलाई मतदान गर्नको लागि कस्तो व्यवस्था गरिएको छ साथै तिनीहरूको सुरक्षा व्यवस्थाको विषयलाई लिएर आज जिल्लाशासक शशाङ्क सेट्ठी, पुलिस कमिश्नर डीपी सिंह, महकुमाशासक प्रियदर्शिनी एस लगायत अन्य पुलिस अधिकारीहरूले मतदान केन्द्रहरूको परिभ्रमण गरे। तिनीहरूले आज सिलगढी चम्पसरीस्थित श्री गुरू विद्यामन्दिर स्कुल, प्रधाननगरको एउटा मतदान केन्द्र, हिन्दी हाई स्कुल लगायत सिलगढी कलेजको परिभ्रमण गर्नको साथै विविध विषयलाई लिएर चर्चा परिचर्चा पनि गरे। यस अवसरमा जिल्लाशासक शशाङ्क सेट्ठीले बताएअनुसार आज सिलगढी सहरको विभिन्न बुथहरूको परिभ्रमण गर्नको साथै संवेदनशील बुथहरूलाई चिन्हित गरियो। यसको साथै कम्ती मतदान हुने बुथहरूमा मानिसहरूको मनोबल बढाउनको लागि विविध पहल गरिरहेको तिनले बताए। पुलिस कमिश्नर डीपी सिंहले बताएअनुसार विधानसभा चुनाउलाई केन्द्र गरेर सिलगढी सहरमा केन्द्रिय वाहिनीका जवानहरूले रूट मार्च गरिरहेका छन् भने सहरको विभिन्न ठाउँहरूमा नाका चेकिङ अभियान चलाइरहेको छ। आउँदो दिनमा अझै केन्द्रिय वाहिनीका जवानहरू सिलगढी आइपुग्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *