जिल्ला शिक्षा विभागको पहलमा 2 वटा स्कुललाई शिक्षा मित्र र 14 वटा स्कुललाई निर्मल विद्यालय पुरस्कार प्रदान 

सिलगढी : कोरोनाको परिस्थिति स्वाभाविक बनेपछि जिल्ला शिक्षा विभागको पहलमा जिल्लाको 2 वटा स्कुललाई शिक्षा मित्र एवम् 14 वटा स्कुललाई निर्मल विद्यालयको पुरस्कार प्रदान गरियो। आज नक्सलबारी कम्युनिटी हलमा सबै शिक्षा मिसनको सिलगढी शिक्षा जिल्लाको पहलमा एउटा कार्यक्रमको माध्यमद्वारा सिलगढी बोइज हाई स्कुल र राङ्गापानी हाई स्कुललाई 2021-को शिशु मित्र विद्यालय पुरस्कार प्रदान गरियो। यसबाहेक प्राथमिक तथा उच्च विद्यालयहरूलाई पर्यावरण हितैषी स्कुलको रूपमा स्थापित गरेकोमा सिलगढी शिक्षा जिल्लाको 14 वटा प्राथमिक विद्यालयलाई निर्मल विद्यालयको पुरस्कार प्रदान गरियो। यी 14 वटा स्कुलहरू क्रमैले बलाईगछ जुनियर हाई स्कुल, काशगछ प्राइमेरी स्कुल, बेङ्गाईजोत प्राइमेरी स्कुल, हात्तीघिसा हाई स्कुल, बुद्धभारती बीएम विद्यामन्दिर, निलनलिनी विद्यामन्दिर, विधाननगर जुनियर बालिका विद्यालय, चौपुकुरिया प्राइमेरी स्कुल, टपर सिंह जोत प्राइमेरी स्कुल, दुलालजोत नेपाली हाई स्कुल, बेलबारी जुनिय बेसिक स्कुल, अधिकारी कृष्णकान्त हाई स्कुल, धेमाल नेपाली प्राइमेरी स्कुल र सिलगढी नेताजी हाई स्कुललाई निर्मल विद्यालयको पुरस्कारले सम्मानित गरियो। आजको कार्यक्रममा सिलगढी नगरनिगमका मेयर गौतम देव, प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार राय, सिलगढी नगरनिगमको शिक्षा विभागका एमएमआईसी शोभा सुब्बा, महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिल एवम् स्कुल परिदर्शक प्राणतोष माइती लगायत अन्य उपस्थित थिए। यस विषयमा शिक्षा जिल्लाका चेयरम्यानले बताएअनुसार कोरोनाको परिस्थिति स्वाभाविक हुनेबित्तिकै जिल्लामा उक्त कार्यक्रमको आयोजना गरिएको हो। तथापि, यस वर्ष जिल्लाको तर्फबाट कुनै पनि स्कुललाई यामिनी राय पुरस्कारको लागि रेजिस्ट्रेसन गरिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *