जिङलाम चियाबारीमा 23 वटा घर पैह्रो प्रभावित

जिङलाम: दार्जिलिङ जिल्लाको रङ्ली रङ्लीयट ग्राम पञ्चायत अन्तर्गत जिङलाम चियाबगानको सिन्धुरे धुरामा गत 19 अक्टोबरको राति परेको हात्तीसुँढे वर्षाले पैह्रो झरेर मोठ 23 वटा घरलाई प्रभावित पारेको छ। पीडित परिवार पक्षले सरकारको सम्बन्धित विभाग साथै जिङलाम चियाबगान व्यवस्थापकलाई सहयोगको अपील गरेको छ। गत 19 अक्टोबरको राति परेको मुसुलधारे पानीले उक्त गाउँ नै पैह्रोको चपेटमा परेको कुरा गाउँले एसबी थापाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *