जिङलाममा सात दिवसीय भागवत पुराणको कथा वाचन

जिङलाम: जिङलाम चियाबारीस्थित सिन्दुरे धुराको सार्वजनिक भवनमा विश्व शान्ति हेतु सात दिवसीय भागवत पुराणको कथा वाचन शुभारम्भ गरियो। कार्यक्रमको पहिलो दिनमा भक्तहरूले कलश यात्रा गरे। उक्त कलश यात्राले जिङलाम चियाबारीको विभिन्न ठाउँहरू परिक्रमा गरेपछि सार्वजनिक भवनमा सातदिनको निम्ति पण्डित ज्योति स्वरूपजी महाराजद्वारा भागवत पुराण कथा वाचन शुभारम्भ गरियो। समाजसेवी प्रमोद राईले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक सर्जकद्वय सुनिल राई प्रणामी अनि दिलकस विद्याभुषण तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। तिनीहरूको बाहुलीबाट दीप प्रज्वलन गरेर कार्यक्रमको शुभ उद्घाटन गरियो।


आयोजक समितिको पक्षबाट रविन प्रधानले स्वागत सम्बोधन गरे। प्रथम दिनको कार्यक्रममा शिक्षकहरू एनडी गुरुङ, एमआर राई, केबी प्रधान, सुमन गुरुङ, जयराज राई, रिवज गुरुङ, राजेन छेत्री लगायत एचपी प्रधान, सुनिल तामाङ, केशव प्रधान अनि व्यक्तिहरूको व्यापक उपस्थित रहेको थियो। यसको साथै क्षेत्रका प्रणामी संगठन, साई संगठन, म्हाणीपा सङ्घ अनि मानव उत्थान सेवा समितिका सेवादलका सदस्यहरू उपस्थित थिए। उक्त भागवत पुराण कथा वाचनको कार्यक्रम आगामी 4 फरवरीको दिन विराट धार्मिक अनुष्ठानको साथमा समापन गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *