जीर्ण ऐतिहासिक मन्दिर निर्माणको लागि सहयोगको अपील

नामरिङ:  नामरिङ चियाबारी अन्तर्गत गोदाम धुरास्थित ऐतिहासिक शिव मन्दिर सन् 1970 सालमा निर्माण भएपछि कुनै सन्चालन समिति नभएको कारणले जीर्ण अवस्था रहेको थियो। यसै विषयलाई मध्यनजर राख्दै बिगत केही महिना अघि मात्र नव निर्माण समिति गठन गरिएको थियो, जसमा सभापति राजेन राई, उप-सभापति एमबी प्रधान, सचिव किश्मत गुरुङ, सह-सचिव रिजु थापा, कोषाध्यक्ष मिलन भोटिया रहेका छन्। उक्त समितिले आज मन्दिर पुन निर्माण कार्यको बिधिवत रुपमा शुरू गरेको। यसबारे सह-सचिव रिजु थापाले सबैसित आर्थिक सहयोगको अपील गर्दै जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *