जीर्ण अवस्थामा पुगेको बाघपुलमा वाहन विस्फोटको छाँयाङ्कनलाई लिएर प्रश्न चिन्ह खडा, पुलिसद्वारा जाँच शुरू

सिलगढी : एउटा वेब सीरीजको शुटिङले गर्दा सिलगढी र डुवर्स बीचको यातायात सम्पर्क विच्छिन हुनसक्थ्यो। यसको साथै भारतीय सेनाका जवानहरूले पनि असुविधाको सामना गर्न पर्थ्यो। आज बिहान सेभोकको कोरोनेसन ब्रिज (बाघ पुल)-मा ठुलो आवाजसँगै एउटा ट्रकमा भयानक विस्फोट भएको भीडियो भाइरल भएको छ। यसपछि वेब सीरीज निर्माणकारी संस्थाले धेरै वर्ष पुरानो तथा जीर्ण अवस्थामा पुगिसकेको कोरोनेसन ब्रिजमा यस प्रकारको खतरनाक काम कसरी गर्यो भन्दै हाल विभिन्न तहबाट प्रश्न चिन्ह खडा भएको छ। अर्कोतिर, दार्जिलिङ तथा कालेबुङ जिल्ला पुलिसले उक्त घटनाको जाँच शुरू गरेको बताइएको छ। स्मरण रहोस्, सिलगढी तथा डुवर्स बीचको यातायात सम्पर्कलाई जोड़ने एकमात्र सेभोकको कोरोनेसन ब्रिज भएर भारतीय सेनाको धेरैवटा वाहनहरू आवत-जावत गर्ने गर्दछ। आज बिहान कोरोनेसन ब्रिजमा एउटा वेब सीरीजको सीन सुटिङ भइरहेको समय ब्रिजमा एउटा ट्रकमा अचानक विस्फोट हुँदा उक्त ट्रक जलेर खरानी भएको थियो। वर्तमान जीर्ण अवस्थामा पुगिसकेको पुलमा यस प्रकारको विस्फोट हुँदा धेरैजसो मानिसहरूले उक्त पुल भत्किन सक्ने अथवा पुल अझ कमजोर हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। प्रशासनिक तथा पुलिस सूत्रले दिएको जानकारीअनुसार पुलमा यस प्रकारको विस्फोटको छाँयाङ्कन गर्नको लागि अनुमति मागेको थिएन। यसैले हाल सम्पूर्ण मामिलाको पुलिसले जाँच शुरू गर्नको साथै वेब सीरीजको मेकर्ससित पनि सोधखोज गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *