जीर्ण अवस्थामा पुगेको सडक मरमति गर्न मुण्डाकोठीका गाउँलेहरू आफै ओर्लिए सडकमा

सोनादा (निसं): जीर्ण अवस्थामा पुगिसकेको गाउँको बाटो बनाउन अन्तमा गाउँलेहरू आफै सड़कमा ओर्लिए। सोनादाको मुण्डाकोठी बीच लोअर गाउँको जीवन रेखा मानिएको सड़क मार्गको अवस्था धेरै समय अघिदेखि बेहाल अवस्थामा पुगिसकेको छ। यसले गर्दा विशेष गरेर गाउँलेहरूलाई यातायात गर्न धेरै असुविधा भइरहेको थियो।


यसको साथै यो सडक भएर बिमारीहरूलाई अस्पताल पुऱ्याउन तथा तिनीहरूलाई घरमा ल्याउन निक्कै समस्या भइरहेको स्थानीय मानिसहरूको भनाई रहेको छ। यी असुविधाहरूलाई ध्यानमा राखेर मुण्डाकोठी संयुक्त मञ्चका सदस्यहरूले आफै सड़मा ओर्लिएर आफ्नो गाउँको बाटो मरम्मति गरेका छन्। उक्त कार्यको निम्ति गाउँलेहरूले मुण्डाकोठी संयुक्त मञ्चप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *