जीआईएस टेक्निकल टीमका प्रतिनिधिहरूद्वारा बिजुलीबारे सर्वेक्षण

सुकेपोखरी: जीआईएस टेक्निकल टीमका प्रतिनिधिले जोरबङलो सुकेपोखरी खण्डको पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत रियाङ बस्तीमा बिजुलीको पोल , तार, ट्रान्सफर्मर आदिको टेक्निकल सर्वेक्षण गरे। विशेष गरेर यस क्षेत्रमा कतिवटा पोल तथा तार छ अनि कहाँबाट लगिएको छ ,कति करेन्ट सप्लाई हुन्छ आदि  जस्ता विषयमा जानकारी लिन आएका तिनीहरूले मीडियासित कुराकानी गर्दै अब बिजुली बत्तीको कनेक्सन व्यवस्था डिजिटल गरिने भएको जानकारी दिनको साथै यसले गर्दा अब विद्युत विभागीय कर्मचारीसित डेटा रहने बताइएको छ। उपभोक्तालाई कुनै समस्या भएको खण्डमा पोल नम्बर बताइ दिएपछि तिनीहरूलाई लोकेसन पत्ता लगाउन सुविधा हुने उल्लेख गर्दै तिनले बिजुलीमा देखिएको समस्या सामधान गर्न सुविधा हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *