जीवन तामाङ घैयाबारी चियाबगानमा पर्ने चारवटा डिभिजनको संयोजक चयन

मिरिक: मिरिक सौरेनी समष्टिको पलङबारीका वर्तमान गोजमुमो शाखा अध्यक्ष जीवन तामाङ डीटीडीपीएलयु-को संयोजक चयन भएपछि युनियन टोलीले तिनीसित भेट गरेर घैयाबारी चियाबगान अन्तर्गत पर्ने चारवटा डिभिजनमा डीटीडीपीएलयु प्रशाखा गठन प्रक्रिया अघि बढाउनुपर्ने माथि सर-सल्लाह गरिएको टोलीले जनाएको छ। डीटीडीपीएलयु बिमल गुरूङ समुहको एउटा टोलीले क्षेत्रमा युनियनलाई सक्रिय बनाउने पहललाई अघि बढाउँदै सौरेनी समष्टि महासचिव पूर्ण सिंह राईसित पनि धेरै कुराकानी भएको टोलीले जनाएको छ। जानकारी अनुसार अब चाँडै श्रमिक संगठन एकाई  सशक्त बनाउन सौरेनी समष्टिले गतिविधि अघि बढाउने निष्कर्ष गरेको छ। यसको साथै सौरेनीका मोर्चा नेता विनोद खालिङसँग टेलिफोनिक बातचित गरेपछि श्रमिक नेता जीवन तामाङलाई घैयाबारी चियाबगानमा पर्ने चारवटा डिभिजनको संयोजकको जिम्मेवारी सुम्पिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *