जिउँदो पेन्गोलिन अनि खपेटाहरूसहित 3 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा सालुगढा रेञ्जका वनकर्मीहरूले अभियान चलाएर एउटा जिउँदो पेन्गोलिन लगायत लगभग डेढ केजी मरेको पेन्गोलिनको खपेटासहित 3 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू माल महकुमा निवासी क्रमैले अमजाद हुसेन, सुनील उराव र मिजानुर रहमान सामेल छन्। प्राप्त जानकारीअनुसार हिजो राति वनकर्मीहरूले मालबजारबाट केही वन्य प्राणी तथा मृत वन्य प्राणीको खपेटा सिलगढी हुँदै नेपाल लैजाने गोप्य सुइँको पाएपछि सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा गजलडोबा ब्यारेज इलाकामा अभियान चलाए। यस अवधि तीनजना युवकलाई रोकेर छानबीन गर्दा एउटा जिउँदो पेन्गोलिन लगायत लगभग डेढ केजी मरेको पेन्गोलिनको खपेटा उद्धार गरेको बताइएको छ। आरोपी 3 युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *