जिउँदो पेन्गोलिनसहित दुईजना पक्राउ

अलिपुरद्वार : एसएसबी 53औँ बटालियनका जवानहरू र वनकर्मीहरूले एउटा जिउँदो पेन्गोलिनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू जयन्त राय र जनक रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार शनिबार बेलुकी बीएसएफका जवानहरू र वनकर्मीहरूले अलिपुरद्वार जिल्लाको हाँसीमारा पेट्रोल पम्प इलाकामा अभियान चलाएर एउटा जिउँदो पेन्गोलिनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त पेन्गोलिन असमदेखि भुटान तस्करी गर्ने उद्देश्यले लगिरहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *