जीएनएलएफ त्यागेर 12 परिवार गोजमुमो-मा सामेल

दार्जिलिङ:  गोजमुमो विनय-अनित खेमाको नयाँ सोँच नयाँ विचारलाई आत्मसात गर्दै हाल जीटीए क्षेत्रका विभिन्न ठाउँहरूबाट समर्थन जनाउने क्रम जारी देखिन्छ। यसै क्रममा दार्जिलिङ अन्तर्गत पाण्डम लिम्बु बस्तीबाट जीएनएलएफ प्रशाखाका अध्यक्ष दीपक प्रधान, उपाध्यक्ष सन्दिप बम्जन लगायत 12 घर परिवारले पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा)-मा सामेल भएका छन्। आज पार्टीका महासचिव अनित थापाले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस अवसरमा समष्टिका गोजमुमो अध्यक्ष किस्मत छेत्री, अनुस मिजार, सुनिल ठकुरी, चिरञ्जीवी ढकाल अनि नकुल क्षेत्रीको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *