जेएनयु हमलाको प्रतिवादमा तृणमूल छात्र परिषदको विरोध प्रदर्शन

कुचबिहार: दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरूमाथि भएको हमलाको प्रतिवादमा आज तृणमूल छात्र परिषद बीटी एन्ड इभनिङ कलेजका सदस्यहरूले सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। कलेजको तृणमूल छात्र परिषद सदस्यहरूले कलेज नजिक गुंजाबाड़ी इलाकामा सड़क अवरोध गरेर विरोध प्रदर्शन गरिनको साथै विद्यार्थी परिषद माथि तिनीहरूले यसको घटना गरेको आरोप लगाए। घटनामा सङ्लग्न आरोपीहरूलाई सजाय दिने माग गर्दै तिनीहरूले नाराबाजी गरे। यसको साथै कुचबिहारको प्राय: सबैजसो कलेजमा छात्र परिषदको सदस्यहरूले यस घटनाको विरोधमा प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *